'आँधी तुफान २' मा 'साहो' का खलनायक साम्भा

चलचित्र  'आँधी तुफान' को सिक्वेल 'आँधी तुफान २' मा साम्भा कोइराला मुख्य खलपात्रको रुपमा अनुबन्धित भएका छन् । शुक्रबार निर्माण टिमले उनलाई अनुबन्ध गरेका हुन् । सम्भाले प्रभास अभिनित दक्षिण भारतीय फिल्म 'साहो' मा खलपात्रको रुपमा अभिनय गरेका थिए ।

मौनता श्रेष्ठको लेखन तथा निर्माणमा बन्न लागेको 'आँधी तुफान २' लाई मदन घिमिरेले निर्देशन गर्नेछन् । 
रत्न श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । चलचित्रका  अन्य कलाकारबारे खुलाइएको छैन तर चलचित्रमा भने अहिलेका चल्तीका कलाकारहरुनै हुने बताइएको छ । कोरोना महामारीले गर्द चलचित्रको छायांकन केही समय पछी सुरु गरिनेछ । हाल चलचित्रको  प्रि-प्रोडक्सनको काम भैरहेको छ ।   
 
बि. सं. २०६१ मा रिलिज भएको सफल चलचित्र 'आँधी तुफान' मा पुजना प्रधान, ऋचा घिमिरे र रन्जु लामिछानेले मुख्य भूमिकामा अभिनय गरेका थिए ।