प्रदेश १ मा चलचित्र महोत्सव हुने

नेपाल चलचित्रकर्मी महासंघको प्रदेश १ ले २०७७ मङ्सिर ७ इटहरीमा एक कार्यक्रम गर्दै चलचित्र महोत्सव गर्ने जानकारी दिएको छ। कार्यक्रममा महासंघका अध्यक्ष अरुण कुमार प्रधानले महासंघको भावी योजना र कार्यक्रमको बारेमा आज पुर्वको पथरीमा कार्यक्रममा जानकारी गराउने तयारीमा रहेका छन् ।

महोत्सवमा प्रदेश १ मा बनेका कथानक फिल्म, छोटो फिल्महरु समावेश गरिने आयोजकले जनाएको छ । उक्त महोत्सवमा अग्रज फिल्मीकर्मी सम्मान पनि गरिनुका साथै प्रदेश १ का फिल्मकर्मी हरुलाई जानकारी दिने हेतुले चलचित्र स्मारिका तयार पारिने महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराए ।

अहिलेको समयमा कोरोनाको कारणले सुस्ताएको फिल्म क्षेत्रलाई चलायमान गराउने उदेश्यले आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश १ आयोजना गर्ने भएको छ । फिल्मका लागि पुर्वका ठाउँहरु उपयुक्त स्थान भएकोले फिल्मीकर्मी लाई उत्साहित गराउदै प्रदेश न १ को पर्यटकिय स्थानलाई प्रबर्धन गर्ने उदेश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको बताइएको छ।

कार्यक्रममै कलाकार दिपाश्री निरौला तथा वरिष्ठ चलचित्र निर्माता चिरिन्जिवी बस्नेतलाई नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को वरिष्ठ सल्लाहकारमा मनोनयन समेत गरेको छ ।

कार्यक्रममा बोल्दै निर्देशक दिपाश्री निरौलाले भनिन् -‘अहिलेको अवस्थाले गर्द सिङ्गो चलचित्र उध्योग नै थिल थिलो भएको अवस्थामा हामी सबै चलचित्रकर्मीहरुले मिलेर चलचित्र क्षेत्रलाई अघी बढाउने काम गर्नुपर्छ ।’

अहिले महसंघले प्रदेश १ मा गरिरहेको गतिविधी एकदमै सराहनिय रहेको र आफुलाई वरिष्ठ सल्लाहकारमा मनोनयन गरेकोमा एकदमै खुशी व्यक्त गरिन् । महासंघले निकट भविष्यमा गर्न लगेको चलचित्र महोत्सवले चलचित्र क्षेत्रलाई चलयमान गराउन ठुलो मद्दत पुग्ने र यो महोत्सवको लागि आफुले सक्ने सहयोग गर्ने बताईन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ निर्माता चिरिन्जिवी बस्नेत आफैले पूर्ण लगानी गरेको ३७ वटा चलचित्र सहीत ८० भन्दा बढी चलचित्र निर्माण गरेर अहिले सुनसरी सदरमुकाम इनरुवामा हल व्यवसाय संचालन गर्दै आएको र अहिले १० बर्ष ब्रेक लिएर बसेको अब भने स्थिति सामान्य भएपछी पुन चलचित्र निर्माण गर्ने जानकारी गराए ।