‘डिसेम्बर फल्स’मा आर्यन र सलोन

चकलेटी स्टार आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन्। लामो समय सम्म कुनै फिल्म साइन नगरेका आर्यनले ‘डिसेम्बर फल्स’ नामक फिल्म साइन गरेका हुन्। शनिबार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको अनाउन्समेन्ट गरिएको छ।

आर्यन संगै अर्का कमेडी नायक सलोन बस्नेत पनि डिसेम्बर फल्समा अनुबन्धित भएका छन्। सलोनले केही अगाडी ‘हिड्दा हिड्दै’ नामक फिल्म साइन गरेका थिए। सो फिल्म फागुनबाट छायांकनमा जाने बताइएको छ।

७८ सालको साउन १ गते प्रदर्शन हुने भनिएको फिल्ममा सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरुको अभिनय रहनेछ। फिल्मका लागि नायिकाहरु भने फाइनल भएका छैनन्।

प्रविण झाको निर्देशनमा बन्ने फिल्मको निर्माता राजकुमार भट्ट हुन्। राम प्रसाद रिजालको प्रस्तुतिमा निर्माण हुने फिल्ममा केदार भुषालको पटकथा तथा संवाद र रवि नाइडुको छायांकन रहनेछ। नाइडु भारतिय फिल्म र सिरियलका छायांकार हुन्। चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको उपस्तिथिमा सम्पन्न कार्यक्रममा निर्देशक र छायांकार उपस्थित थिएनन्।